काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप लगाएको छ ।
थापाले केन्दीय समिति बैठक हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रकृया शुरू गरेको मंगलबार विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ ।
केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल भएको बताइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ माघ २०७५, ०७ : ४८
लेखकबाट थप