देश दौडाहामा रहेको समर लभको टिम चितवनमा

सफल खबर संवाददाता

सोमबार, ३० पुस २०७५, १८ : ३४
देश दौडाहामा रहेको समर लभको टिम चितवनमा

चितवन । चर्चित युवा लेखक सुविन भट्टराईद्वारा लिखित बहुचर्चित नोवेल समर लभमा आधारित चलचित्र समर लभको टिम देश दौडाहाको क्रममा आज चितवन आईपुगेको छ । चितवनमा आज पत्रकारहरुलाई फिल्मको बारेमा जानकारी दिंदै पुस्तकका केही हृदयस्पर्शी र रमाइलो संवादहरुलाई पनि विशेष प्राथमिकतामा फिल्ममा राखिएको निर्माण पक्षले जनाएको छ । साया (रेवती क्षेत्री) र अतित (आशिष पिया) बीचको लभ जर्नीमा ठोकिन पुग्ने निर्माण पक्षले जनाएको छ । 

नाइ नभन्नू ल ३ निर्देशक मुस्कान ढकालले यो चलचित्रलाई निर्देशन गरेका हुन् । घोषणाकै बेलादेखि पात्र छनौटमा चुकेको आरोपबाट मुक्त हुन नसकेको यस चलचित्रबाट रेवती र आशिषले डेब्यु गरेका हुन् । दुबै चलचित्रलाई लिएर अहिले आशावादी देखिएको चलचित्रका निर्देशक मुस्कान ढकालले बताउनुभयो । सरोज खनाल, शिशिर भण्डारी, ओम प्रतिक, मानस विक्रम थापा लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र उत्कृष्ट बनाउन कुनै कसर बँकी नराखेको निर्देशक ढकालले बताउनुभयो ।

पुस्तक सवार्धिक रुचाइएको कारण फिल्म राम्रो बनाउन हामीलाई ठूलो दबाव रहेकोले आफुहरुको तर्फबाट गर्न सक्ने सबै प्रयास गरेको निर्देशक ढकालले बताउनुभयो । माघ २५ बाट प्रदर्शनमा आउने चलचित्रमा सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका छन् । चलचित्रको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस