कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

पत्रपत्रिकाबाट

सोमबार, ३० पुस २०७५, ०७ : ३८
कोकमा रक्सी मिसाएर किशोरीको सामूहिक बलात्कार

भद्रपुर । कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । 

घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ । अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन् । 

राजवंशी भारतको सीमाना नजिकै भएकाले उतैतर्पm भागेको प्रहरी आशंका छ । उनको खोजी कार्य पनि पारिएको श्रेष्ठको भनाइ छ । 

प्रहरीका अनुसार गत आइतबार दुईजना किशोरीलाई ती युवकले कोक खान जबरजस्ती गरेपछि किशोरीले पहिलेदेखि चिनजानको आधारमा उनीहरुको कुरा स्वीकार गर्दै कोक खाएका थिए । किशोरले गलत नियतले कोकमा रक्सी मिसाएको कुरा भने युवतीले पत्तो पाएनन् ।

प्रहरीका अनुसार दुई किशोरी मध्ये एकलाई बढी नशा लागेको चाल पाएपछि युवकले नजिकैको जंगलमा लगेर बलात्कार गरेका हुन् ।  किशोरीलाई बेहोश बनाएर उनीहरु जंगलबाटै फरार भएका थिए । 

साँझसम्म दुवै किशोरी घर नफर्केपछि परिवार खोजतलास गरेका थिए । बलात्कारबाट जोगिएकी किशोरी घर आएपछि बलात्कारको घटना सार्वजनिक भएको हो । परिवारले उक्त घटना थाहा पाएपछि महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस