काठमाडौंमा फेरि भेटियो स्वाइनफ्लु

पत्रपत्रिकाबाट

सोमबार, ३० पुस २०७५, ०७ : २०
काठमाडौंमा फेरि भेटियो स्वाइनफ्लु

काठमाडौं । राजधानीमा स्वाइनफ्लु (एचवानएनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालतमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भएरहेको छ । संक्रमित १५ र २६ वर्षका काठमाडौंबासी हुन् ।

उपचारमा संलग्न डाक्टर राजेशकुमार मण्डलका अनुसार उनीहरु आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा पुगेका थिए । अहिले बिरामीको अवस्था जोखिममुक्त भएको बताउँदै उनले भने, ‘एक साता भेन्टिलेटरमा राखेर उपचार गरियो, दुवैलाई निमोनियसमेत भैसकेकाले अवस्था गम्भीर थियो ।’  यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

प्रतिक्रिया दिनुहोस