द्वन्द्वकालका घटना उचाल्न डा. केसीको अनशन

पत्रपत्रिकाबाट

आइतबार, २९ पुस २०७५, ०७ : ५६
द्वन्द्वकालका घटना उचाल्न डा. केसीको अनशन

काठमाडौँ । सत्तारुढ दल नेकपा नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा. गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन् । 

नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उनको आरोप छ ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले चिकित्सा शिक्षा विधेयकबारे केसीका सबै माग सम्बोधन भए पनि पछिल्लो अनशनमा द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर केसीले आफ्नो अनशनलाई नै हलुका बनाएको र स्वास्थको विषयलाई विषयान्तर गरेको बताएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस