काठमाडौं । संघीय सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कटौती गरे पनि राप्रपाले जितेको स्थानीय तहले बिदा दिने निर्यण गरेको छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल गाउँपालिका र धादिङको रुबीभ्याली गाउँपालिकामा बिदा दिएको हो ।
राप्रपाका महामन्त्री तथा झापा ३ का प्रतिनिधि सभा सांसद राजेन्द्र लिङदेलले बहुमत प्राप्त गरेका नगरपालिका र गाउँपालिकामा बिदा दिने व्यवस्था मिलाउन पार्टीको केन्द्रीय समितिले निर्देशन दिएको बताए । बाँके, झापा, धादिङका स्थानीय तहको निर्णयले आफूसहित दिन्दु अधिराज्य पक्षधर शक्तिलाई उत्साहित बनाएको उनल प्रतिकृया दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २७ पुस २०७५, ०९ : ०६
लेखकबाट थप