उदयपुर । उदयपुरमा आर्थिक अभावका कारण एक बिरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन् ।
उदयपुरगढी गाउँपालिका–४ का सातबोटे शेरबहादुर कार्कीले बुधबार राती परालको गोठमा लागो लगाएर आत्मदाह गरेका हुन् । पायल्स, जण्डिस र लिभरको बिरामी कार्कीले आत्मदाह गरेका हुन् ।
बिरामीका आफन्तलाई डाक्टरले पनि धेरै खर्च लाग्ने बताएका थिए । उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घरनजिकै परालको गोठमा आगो लगाई आगोमा हामफालेपछि घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए ।
गोठको आगोमा जलेको अवस्थामा गाउँलेहरूको उद्धारपद्धि उपचारका क्रममा राती २ बजे जिल्ला अस्पताल गाईघाटमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २७ पुस २०७५, ०८ : ४३
लेखकबाट थप