अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर

पत्रपत्रिकाबाट

विहीबार, २६ पुस २०७५, ०७ : ४६
अकुत सम्पत्ति छानबिनमा अख्तियार सक्रियः गोपाल खड्कापछि वन मन्त्रालयका सहसचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनलाई तीव्रता दिएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध मुद्दा दायर भएको तेस्रो दिन सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध गैरकानुन सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका कार्यरत सहसचिव श्रेष्ठको सम्पत्तिमध्ये एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँको स्रोत नखुलेपछि आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
छानबीनका क्रममा उनीसँग तीन करोड ४४ लाख सात सय ७५ रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस