प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय

मंगलबार, २५ पुस २०७४, १० : ५१
प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय

चितवन । सरकारले प्रदेशको अस्थायी राजधानी तोकिने बताएको छ । मन्त्रीपरिषद्को कार्यालयले हिजो साँझ विज्ञप्ती जारी गरेर अस्थायी राजधानी तोकिने जनाएको हो ।

तत्काल अस्थायी राजधानी नतोक्ने र प्रदेश सभाका सांसदलाई काठमाडौंमै सपथ खुवाउने तयारी भैरहेका समाचार आईरहँदा प्रधानमन्त्री कार्यलयले अस्थायी राजधानीबारे आफ्नो धारणा बाहिर ल्याएको हो ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभाबाट निर्णय हुने उल्लेख छ । प्रदेश सभाको बैठक बसी राजधानी नतोकेसम्म सरकारले अस्थायी स्थान तोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यसैलाई आधार मानेर मन्त्रीपरिषद्को कार्यलयले जारी गरेको विज्ञप्तीमा छ, ‘प्रदेश सभा सदस्यको निर्वाचन भैसकेको अबस्थामा प्रदेश सभाका सदस्यहरुलाई सपथ ग्रहण गराउने लगायतका कार्यहरु तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेशकार्य संचालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको व्योहोरा सर्वसाधरणलाई जानकारी गराइन्छ ।’ विज्ञप्तीमा प्रदेशसभाका जरुरी कामका लागि अस्थायी स्थान तोकिने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस