‘सन्नी लियोनीलाई माथ गर्ने भन्दै भारतीय मिडियामा अदीती बुढाथोकीको चर्चा

बुधबार, २२ कार्तिक २०७४, १२ : २८
‘सन्नी लियोनीलाई माथ गर्ने भन्दै भारतीय मिडियामा अदीती बुढाथोकीको चर्चा

बेलाबखतमा नेपाली कलाकारहरुको विषयमा भारतीय मिडियाले पनि चासोका साथ समाचार छाप्ने गरेका छन् । अर्चना पनेरु, ज्योती मगर, अनमोल केसी, राजेश हमाल लगायतका नेपाली सेलिव्रेटीको विषयमा भारतीय मिडियाले समाचार प्रकाशन गरिसकेका छन् ।

यस्तैमा नेपालकी अर्कै नव नायिकालाई बलिउडकी चर्चित अभिनेत्री सनी लियोनीभन्दा पनि हट भन्दै भारतको ठूलो अनलाइन मिडिया एविपी न्यूजले समाचार प्रकाशन गरेको छ ।

नायक अनमोल केसीसँग नेपाली रजतपटमा डेव्यु गर्न लागेकी नायिका अदिती बुढाथोकीको चर्चा यति बेला भारतीय मिडियामा भएको छ । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले हाल छायाँङ्कन भइरहेको चलचित्र ‘कृ मा अनमोलसँग रोमान्स गर्दै छिन् ।झापामा जन्मिएकी अदितीले ’केही भारतीय म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।

केही समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । यति बेला उनको एक भारतीय लिडिङ अनलाइनले बलिउड अभिनेत्री सन्नी लियोनीसँग नाम जोडेर समाचार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस