चितवन । भरतपुरमा ४८ जना इन्जिनियरहरूले ‘अचल धितो मूल्याङ्कन तालिम’ “Fixed Assets Valuation Training” लिएका छन् । नेपाल भ्यालुयर्स एसोसिएसन चितवन च्याप्टरको आयोजनामा उक्त तालिम यही असार १९ देखि २१ गते सञ्चालन गरिएको थियो ।
तालिममा सहभागी इन्जिनियरहरूको अचल सम्पत्ति मूल्याङ्कनसम्बन्धी ज्ञान, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्न यो तालिम महत्त्वपूर्ण भएको बताए । योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। चितवन च्याप्टरका सचिव इन्जिनियर लोमश अधिकारीले बैंकिङ तथा वित्तीय क्षेत्रमा धितो मूल्याङ्कन कार्यलाई अझ व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन यस्ता तालिम उपयोगी हुनेमा आफु विस्वस्त रहेको बताए ।
तालिमको उद्घाटन समारोहमा नेपाल भ्यालुयर्स एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष ई. संजय चन्द्र न्यौपानेले अध्यक्षता गरेका थिए । ताकार्यक्रमको प्रमुख अतिथि चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई. ईश्वरी प्रसाद पौडेल यो तालिमको गराउनुको मुख्य उद्येश्य अचल सम्पत्ति तथा धितो मूल्याङ्कनसम्बन्धी कानुनी, प्राविधिक र व्यावसायिक पक्षहरूबारे सहभागीहरुलाई जानकारी गराउनु रहेको बताए ।
विशिष्ट अतिथिका रूपमा नेपाल बैकर्स एसोसिएसन बागमती प्रदेशका कोर्डिनेटर सांग्रीला पियाको उपस्थिति रहेको थियो। नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिनेश पाठक,नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) चितवन च्याप्टरका अध्यक्ष दिपक खनाल,Association of Consulting Engineers (AEC) का अध्यक्ष ई. विष्णु अधिकारी, Nepal Engineers Association का पूर्व अध्यक्ष ई. कृष्ण रिजाल,NVA चितवनका पूर्व अध्यक्षहरू दिपेन्द्र श्रेष्ठ र भरत आचार्य कार्यक्रमका अतिथि थिए ।
मूल्याङ्कनसम्बन्धी कानुनी, प्राविधिक र व्यावसायिक पक्षहरूबारे सहभागीहरुलाई जानकारी गराउनु रहेको बताए । कार्यक्रम सञ्चालन चितवन च्याप्टरका सचिव ई= लोमश अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष ई। सुमन कोइरालाले राखेका थिए । तालिममा नेपाल भ्यालुयर्स एसोसिएसन केन्द्रका उपाध्यक्ष ई। दिनेश पाठक,उपाध्यक्ष ई. प्रज्ञान घिमिरे, अधिवक्ता सहदेव खत्री, नापी कार्यालयका निर्देशक ई. गोविन्द तथा ई. सुनिल अमात्यले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिममा अचल सम्पत्ति तथा धितो मूल्याङ्कनसम्बन्धी कानुनी, प्राविधिक र व्यावसायिक पक्षहरूबारे विस्तृत जानकारी दिइएको आयोजकले जनाएको छ। असार २१ गते सम्पन्न समापन समारोहमा चितवन च्याप्टरका अध्यक्ष संजयचन्द्र न्यौपानेले अध्यक्षता गरेका थिए । नेपाल भ्यालुयर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष ई. सन्जय महतो प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०८३, १० : २२
लेखकबाट थप