एमई ट्राभल्स र होटल सेभेन स्टार हात्ती पोलोको फाईनलमा

सफल खबर संवाददाता

शनिबार, १४ पुस २०७५, १५ : १९
एमई ट्राभल्स र होटल सेभेन स्टार हात्ती पोलोको फाईनलमा

चितवन । सौरहामा जारी पन्ध्रौँ हात्ती महोत्सवको हात्तीपोलो प्रतियोगिताको उपाधीका लागि एमई ट्राभल्स र होटल सेभेन स्टार भोली ९आईतबार० भिड्ने भएका छन् । शनिबार भएको सेमिफाईनलमा होटल सेभेन स्टारले एनआरएन हङकङलाई पेनाल्टीमा ५–३ गोल अन्तरले पराजित गर्दै होटल सेभेन स्टार फाईनलमा प्रवेश गरेको हो । 
यसअघि शुक्रबार भएको खेलमा एमई टुर्सले मेगा बैंकलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । माउण्ट एभरेष्ट ग्रुपद्धारा सञ्चालित एमई ट्राभल्र्स एण्ड टुर्स गत बर्षको हात्ती पोलोको विजेता टिम हो । एमईलाई उपाधीको दाबेदार मानिएको छ ।

बिजुलीकली सुन्दरी
१५ औ हात्ती महोसत्वको सुन्दरी प्रतियोगिताको उपाधी बिजुलीकलीले हात पा¥यो । युनाईटेड हात्ती संचालन सहकारीको १८ बर्षीय बिजुलीकलीले ३ हात्तीलाई पछि पाँर्दै उपधी पोल्टामा पारेको हो ।
बिजुलीकलीको माउते जङगली चौधरीले ३ घण्टा श्रंगार गरि प्रतियोगितामा ल्याएका थिए । प्रतियोगितको फस्ट रनरअप भने पच्मकली र एलिसाकली भएको नतिजा प्र्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिनुभयो ।

क्षेत्रीय होटल सघं नेपाल चितवनको आयोजनामा १५ औँ संस्करणको हात्ती महोत्सव सौराहामा जारी छ । महोत्सव १५ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस