निगमको लापरबाहीका कारण  बोइङ विमान ६० दिनदेखि मलेसियामै

पत्रपत्रिकाबाट

शनिबार, १४ पुस २०७५, ०८ : २५
निगमको लापरबाहीका कारण  बोइङ विमान ६० दिनदेखि मलेसियामै

काठमाडौं । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायु सेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको ६० दिन नाघिसकेको छ । तर अझैं मर्मत गरेर ल्याउने मिति टुंगो लागेको छेन । 

निगम व्यवस्थापनले समयमै मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको हो । 
‘इन्जिनको सी डक्ट उपकरण अमेरिकाबाट आइसक्ष्यो मर्मत हुँदैछ’, निगमका अधिकारीले भने, ‘उता न्यू इयर क्रिसमस चलेकाले जहाज कहिले काठमाडौं आउँछ टुंगो लागिसकेको छैन । ’ती अधिकारीका अनुसार यसपटक त्यहाँ मर्मतको जिम्मा पाएको इन्जिनियरिङ कम्पनी डेभिएसनले सोमबारसम्म मर्मत गरिसक्ने भाका दिएको छ । 
सो विमान लिलाम गर्ने निर्णय पनि निगमले गरिससकेको छ । 
संस्कृ,ि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निगमले पुस पहिलो साता यो विमान बिक्री गर्ने प्रक्रिया थालिसकेको विवरण पठाइसकेको छ । - यो खबर आजको कान्तिपुर दैनिकमा खरब छापिएको छ । 
 

प्रतिक्रिया दिनुहोस