उत्कृष्ट टेलिभिजन उद्घोषिका २०१८ को पुरस्कार अनितालाई

सफल खबर संवाददाता

विहीबार, १२ पुस २०७५, १३ : ५५
उत्कृष्ट टेलिभिजन उद्घोषिका २०१८ को पुरस्कार अनितालाई

अमेरिका । उत्कृष्ट टेलिभिजन उद्घोषिका २०१८ को पुरस्कार पत्रकार अनिता सिलवाललाई प्रदान गरिएको छ । गत शनिबार अमेरिकाको नर्थ सार्लोटमा आयोजित ग्लोबल नेपाली फिल्म, संगीत, सञ्चार तथा सामाजिक अवार्ड कार्यक्रममा सिलवाललाई उत्कृष्ट टेलिभिजन उद्घोषिका २०१८ ले सम्मानित गरिएको हो । न्यूज २४ टेलिभिजनमा समाचार तथा कार्यक्रम प्रस्तोताका रुपमा चर्चित सिलवाललाई प्रमुख अतिथि राजदूत डा. अर्जुन कुमार कार्कीले भव्य कार्यक्रमकाबीच कदरपत्र र अवार्ड प्रदान गर्नुभएको थियो ।

सिलवाल ६ प्रश्न, इश्यू अफ द डे, गन्तव्य संविधान जस्ता चर्चित कार्यक्रमहरु सञ्चालन गर्नुका साथै प्राइम टाइम न्यूज एंकरमा रुपमा पनि कार्यरत रहिन् । सिलवालले एम टिभि श्रीलंकाका लागि पनि कार्यक्रम प्रस्तोताको रुपमा कार्य गरिसकेकी छिन् । हजारौं नेपाली र भूटानी नेपाली दर्शक रहेको सो कार्यक्रम अहिलेसम्मकै ऐतिहासिक भएको आयोजक र अतिथिहरुले बताएका छन् । कार्यक्रममा फिल्म, संगीत, सञ्चार, र समाजमा उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मानीत गरिएको कार्यक्रममा महावणिज्यदुत प्रेमराजा महत, महावाणिज्यदुत ऋषि ढकाल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, वरिष्ठ सञ्चारकर्मी रामप्रसाद खनाल, वरिष्ठ निर्देशक नारायण पुरी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सिलवाल हाल “होमटाउन सिरोज” नामक टक सोको निर्माता र सञ्चालक हुन् । अंग्रेजी भाषामा रहेको टक सो नेपाली भाषामा पनि सुरु गरिएको छ । विगत ८ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहदैं आएकी सिलवाल अमेरिकको फ्लोरिडा राज्यमा रहेको वेलकम वुमनहुड संस्थाकी संस्थापक तथा अध्यक्ष पनि हुन् । संस्थाले हाल नेपाल, केन्या र मलाबी जस्ता देशमा कार्य गरिरहेको छ । पत्रकारिता क्षेत्रमा संलग्नताका साथै सिलवालले फ्लोरिडाबाट कम्प्यूटर साइन्स विग डाटामा स्नातकोत्तर सक्दैछिन् ।

 

प्रतिक्रिया दिनुहोस