एमाले स्थायी समिति बैठक बस्ने

आइतबार, २३ पुस २०७४, १६ : ५२
एमाले स्थायी समिति बैठक बस्ने

काठमाडौं । माओवादीसँगको एकता, सरकार गठनमा भएका ढिलाई र पार्टी अध्यक्षको उपचार भ्रमणलगायतका विषयमा छलफल गर्न एमालले पार्टी स्थायी समितिको वैठक बोलाएको छ ।

वैठक सोमवार दिउँसो दुई बजे पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्नेछ । शक्ति बाँडफाँडका विषयमा सहमति नजुट्दा एमाले र माओवादीवीचको एकता प्रक्रियाका संवाद रोकिएका छन् । कार्तिक १५ गतेपछि दुई पार्टीको एकता संयोजन समितिको वैठक पनि बस्न सकेको छैन् ।

उता राष्ट्रिय सभाको गठनमा भएको ढिलाईले सरकार निर्माणको प्रक्रिया पनि अगाडि बढेको छैन् । सरकारले राष्ट्रिय सभाको चुनावका लागि माघ २४ गतेको मिति घोषणा गरेको छ ।

राष्ट्रिय सभाको चुनावपछिमात्र समानुपातिक तर्फको प्रतिनीधिसभाको नतिजा सार्वजनिक हुनेछ । त्यसपछि समानुपातिक सभासद् चयन हुनेछन र सरकार निर्माणको प्रक्रिया अगाढि बढनेछ ।

यसबाहेक ओली नियमति स्वास्थ्य जाँचका लागि यहीँ साता वैंकक जान थालेका छन् । वैठकमा यस विषयमा पनि छलफल हुनेछ । एकता प्रक्रियाका लागि एमालले स्थायी समिति तहसम्म मात्र छलफल गरेको छ । पार्टीभित्र पोलिठव्यूरो र केन्द्रीय समितिको वैठक बोलाउन पनि माग भएको छ ।

प्रतिक्रिया दिनुहोस