काठमाडौ । सर्वोच्च अदालतले मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनमा फैसला बुझेको र हदम्याद सम्बन्धमा नयाँ व्याख्या गरेको छ । सर्वोच्चको पूर्ण इजलासले देवानी प्रकृतिको मुद्दामा उच्च अदालतबाट फैसला प्रमाणीकरण भएको मितिले छ महिनासम्ममा नक्कल लिएको मितिले ४५ दिनभित्र निवेदन दर्ता हुने व्याख्या गरेको छ ।
यस्तै फौजदारी प्रकृतिको मुद्दामा उच्चबाट फैसला प्रमाणीकरण भएको मितिले एक वर्षसम्म र नक्कल लिएको मितिले ४५ दिनभित्र निवेदन दर्ता गनुपर्ने व्याख्या गरेको हो । सोपछि निवेदन आएमा दर्ता नहुने गरी पूर्ण इजलासले व्याख्या गरेको हो । अदालतले फैसला थाहा पाएको मिति अपवादको अवस्थाबाहेक प्रमाणीकरण मिति मान्नुपर्ने व्याख्या गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्मा, कुमार चुँडाल र बालकृष्ण ढकालको पूर्ण इजलासले सुदीप सिंहविरुद्ध मानवीय बचत तथा ऋण सहकारी संस्थाको मुद्दामा हदम्यादको नयाँ व्याख्या गरेको हो । दोहोर्याई पाऊँ निवेदनमा म्यादको एकरूपता नरहेकाले अदालतले व्याख्या गरेको हो । दोहोर्याई पाऊँ निवेदन साधारण अधिकार क्षेत्रसँग सम्बन्धित भएकाले म्यादभित्रै आउनुपर्ने अदालतको व्याख्या छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ भदौ २०८२, ०८ : ३७
लेखकबाट थप