काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले वन्यजन्तु आक्रमणका घटनाले तराई क्षेत्रका बासिन्दा त्रासमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले झापा क्षेत्र नम्बर-२ अन्तर्गत अर्जुनधाराका दिनेश पराजुली हात्तीको आक्रमणबाट घाइते भई हाल उपचाररत रहेको जानकारी दिइन्।
उनका अनुसार झापा मात्र नभई तराईका विभिन्न क्षेत्रमा जंगली हात्तीको आक्रमणका कारण स्थानीय समुदाय निरन्तर त्रासपूर्ण अवस्थाबाट गुज्रिरहेका छन्।
सांसद राना मगरले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न प्रभावकारी नीति तथा संरचनागत व्यवस्था आवश्यक रहेको बताइन्। उनले प्रारम्भिक सुरक्षात्मक उपायहरू-जस्तै माइकिङ प्रणाली र प्रकाश व्यवस्थासमेत पर्याप्त मात्रामा उपलब्ध नभएको उल्लेख गरिन्।
सरकारी उपस्थिति कमजोर देखिएको अनुभूति स्थानीय बासिन्दामा बढ्दै गएको भन्दै उनले वन क्षेत्र नजिकका बस्तीहरूमा पर्याप्त वनकर्मी तथा सुरक्षात्मक संयन्त्र परिचालन गर्न सरकारसँग आग्रह गरिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० बैशाख २०८३, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली-बादललाई भूतले छलेको भन्दै झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने रास्वपा सांसदको टिप्पणी
रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति
भारतका पूर्व उपराष्ट्रपतिसँग रास्वपा सांसदद्वय गौतम र ढकालको भेटवार्ता