काठमाडौँ। रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले जेन जेड आन्दोलनको माग, न्याय, समानता र अधिकार कसैले कहिल्यै पनि बिर्सिन नहुने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै वालेन्द्र शाह (बालेन)नेतृत्वको सरकार जेन जेड रक्त रञ्जित आन्दोलनको बलिदान माथि बनेको बताए।
उनले भने, ‘कहिले जेनजी घाइतेहरूको रोजगारी सुनिश्चित हुन्छ ? कहिले मृतक परिवारले न्याय पाउँछ ?’
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललाई भूतले छलेको भन्दै भूत झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने टिप्पणी गरेका छन्।
यस्तै, उनले मधेसका महेन्द्र हाइवेदेखि हुलाकी राजमार्ग जोड्ने एउटा पनि बाटो सुरक्षित नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०८२, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका १६ सांसदमाथि कारबाही सिफारिस
वन्यजन्तु-मानव द्वन्द्व नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको रास्वपा सांसदको टिप्पणी
रास्वपा सांसदका अभिव्यक्तिमा व्यक्त शब्दहरूप्रति एमाले मुख्य सचेतकको आपत्ति
भारतका पूर्व उपराष्ट्रपतिसँग रास्वपा सांसदद्वय गौतम र ढकालको भेटवार्ता