यज्ञबहादुर थापा भन्छन्,-'सरकारले प्रदेशको राजधानी तोक्न मिल्दैन प्रदेश प्रमुख मात्र ताक्छौँ'

आइतबार, २३ पुस २०७४, १५ : ३४
यज्ञबहादुर थापा भन्छन्,-'सरकारले प्रदेशको राजधानी तोक्न मिल्दैन  प्रदेश प्रमुख मात्र ताक्छौँ'

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले सोमबार बस्ने मन्त्रीपरिषद बैठकले सबै प्रदेश प्रमुख तोक्ने तयारी गरेको बताए ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले प्रशासनिक र कानुनी क्षेत्रमा उल्लेख्य योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकाहरुलाई प्रदेश प्रमुख बनाउन सरकार लागि परेको बताए ।

उनले संविधान विपरित गएर सरकारले प्रदेशको राजधानी तोक्ने काम गर्न नमिल्ने तर्क गरे । उनले संविधानले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकार अस्थायी राजधानी तोकेर अघि बढने पक्षमा नरहेको स्पष्ट पारे । तर राजनीतिक सहमतिको आधारमा प्रदेशसभाको अस्थायी मुकाम तोक्न भने सरकार तयार रहेको पनि जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस