पूर्णबहादुरलाई भेट्न घरमै पुगे गगन-विश्व

सफल खबर संवाददाता

बुधबार, २३ बैशाख २०८३, १४ : १९
पूर्णबहादुरलाई भेट्न घरमै पुगे गगन-विश्व

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्।

खड्का निवास गल्फुटार पुगेर गगन-विश्वले भेट गरेका हुन् । उनीहरूबीच करिब साढे १ घण्टा छलफल भएको जनाइएको छ।

पार्टीभित्रको विवाद समाधान गर्नको लागि सभापति थापाले असन्तुष्ट नेताहरूसँग भेटवार्ता थालेका हुन्। भेटमा नेताहरुबीच पार्टीलाई एकताबद्ध बनाएर जानेबारे छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस