काठमाडौँ । नेपाली काँग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवा लगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन्।
महाधिवेशनको विवादले पार्टी विभाजनतर्फ अघि बढेकाले सहमतिकै निकास निकाल्न आग्रह गर्दै आफूहरूले संयुक्त रूपमा भेटेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन्।
उनले भनिन्, ‘हामीले सभापतिलगत्तै महामन्त्रीहरूलाई भेट्यौँ। सहमतिमै पार्टीभित्रको विवाद समाधान गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग कुरा राखेका छौँ। उहाँहरू निकासको लागि सकारात्मक हुनुहुन्छ।’
उनले महामन्त्रीहरूले पनि आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै त्यो बाटोमा नलाग्ने सन्देश दिएको सुनाइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्णबहादुरलाई भेट्न घरमै पुगे गगन-विश्व
गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन
महामन्त्रीद्वय गगन-विश्वले गरे काँग्रेस नियमित महाधिवेशन स्थगित