महामन्त्रीद्वय गगन-विश्वले गरे काँग्रेस नियमित महाधिवेशन स्थगित

सफल खबर संवाददाता

विहीबार, १७ पुस २०८२, १९ : ५२
महामन्त्रीद्वय गगन-विश्वले गरे काँग्रेस नियमित महाधिवेशन स्थगित

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको बताएका छन् ।

बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन मात्रै भएको बताएका हुन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस