काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले वैशाख ६ गते दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।
यस्तै, बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार र पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने तयारी छ । बैंक खाता सञ्चालन सम्बन्धी नयाँ व्यवस्था र विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।
सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी समेत बाँडफाँट गर्ने बताइएको छ । यसबाहेक आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी व्यवस्थापनका विषयमा बैठकले निर्णय लिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
रास्वपाको ‘लेवी’ : सांसद-मन्त्रीबाटै वार्षिक ४ करोडभन्दा बढी संकलन
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)
रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल
रास्वपा संसदीय दलको बैठक बस्दै