काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतले तिब्बती शरणार्थी, ताइवान झन्डा प्रकरण र तिब्बती नेताको शपथ समारोहमा नेपाल सरकारको सहभागिता हुने–नहुने विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको छ ।
गृहमन्त्री सुधन गुरुङलाई सोमबार सिंहदरवारस्थित गृहमन्त्रालयमा पुगेर चिनियाँ राजदूत चाङ माओमिङले तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन दबाब नै बढाएका छन् । उनले मुख्यतः तीन विषयमा चीन सरकारको गम्भीर चासो रहेको भन्दै नेपाल सरकारले यसबारेमा चीनलाई आस्वस्त पानुपर्ने बताएका छन् ।
गृहमन्त्री गुरुङ सँगको भेटमा राजदूतले तिब्बत र ताइवानसम्बन्धी गतिविधिप्रति स्पष्ट असन्तुष्टि जनाउँदै नेपाललाई चीनविरुद्ध प्रयोग हुन नदिन कडा सन्देश दिएका छन् ।बैठकमा सहभागी एक अधिकारीका अनुसार, राजदूतले मुख्यतः तीन विषयमा गृहमन्त्रीसँग चासो राखेका थिए ।
के थिए राजदूतले राखेका चासो ?
–नेपालमा रहेका तिब्बती शरणार्थीहरूको दर्ता स्थिति अहिले के छ ? नेपाली भूमिमा रहेका तिब्बतीहरूका पृथकतावादी गतिविधि बढ्न खोजिरहेका छन् । टिओबीका गतिविधि, बधाई सन्देश आएका छन्, यसमा सरकारको धारणा के हो ?
– गत मार्च २८ मा एभरेस्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको कार्यक्रममा ताइवानी झन्डा देखाइयो, अहिले पनि गतिविधि बढेको देखिन्छ, किन ? यसमा सरकारको आधिकारिक धारणा के हो ?
– आगामी मे २७ मा भारतको धर्मशालामा हुने केन्द्रीय तिब्बती प्रशासनका प्रमुख ९सिक्योंग० पेन्पा छेरिङको दोस्रो पाँच वर्षे कार्यकालको शपथमा निम्तो आए तपाईहरुको सहभागिता के हुन्छ ? हामी चाहान्छौं, नेपाल सरकारको कुनै पनि तहको सहभागिता नहोस् ।
जेनजी विद्रोहका बेला फ्रि तिब्बतको पक्षधर मानिएको टिओवीहरुको सहभागिता, सीमा क्षेत्रमा त्यस्ता समुहहरुको बढेको सक्रियता आदी प्रश्न उठाउँदै रजदूतले प्रश्न गरेका हुन् । पछिल्लो सुशीला कार्की नेतृत्वको सरकार बनेयता तिब्बती शरणार्थीहरुको दर्ता स्थितीमा पनि चिनियाँ पक्षको गम्भिर चासो देखिएको थियो ।
यी सबै विषयमा नेपाल सरकारको आधिकारिक धारणा चीनले मागेको हो । राजदूतको त्यस्तो चासोमा गृहमन्त्री गुरुङले नेपाल एक चीन नितिको पक्षमा अडिग रहेको प्रष्ट पारेका थिए । राजदूतको चासोमा गृहमन्त्रीको जवाफ प्रष्टै थियो, नेपाल एक चीन नितिको पक्षमा छ ।
गृहमन्त्री गुरुङको जवाफ
– नेपालले लामो समयदेखि लिँदै आएको तिब्बतसम्बन्धी नीति कायम राख्ने र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन सरकारले दिँदैन । त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकार तयार छ । यसमा शंका नगर्नुस् ।
– नेपाल सरकार ‘एक चीन नीति’ प्रति प्रतिबद्ध छ । तिब्बत र ताइवानसम्बन्धी धारणामा हाम्रो यस अगाडीको धारणामा कुनै धारणा परिवर्तन हुँदैन । हामी देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध छौँ र कुनै विदेशी गोटी बन्ने छैनौँ ।
– नेपाल सरकारलाई बधाई दिने, नदिने त्यो उहाँहरुको आफनो कुरा भयो । हामीलाई मे २७ को कुनै निम्तो आएको छैन । निम्तो आएपनि त्यस्ता कार्यक्रममा सहभागी हुने, यस अगाडीका सरकारले लिएका नितिमा परिवर्तन गर्ने पक्षमा हामी (नेपाल सरकार) छैनौं ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ बैशाख २०८३, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग