काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले हङकङसँग हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन्।
नेपालले हङकङविरुद्ध आगामी मार्च २६ मा मैत्रीपूर्ण खेल खेल्ने छ। उक्त खेल काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुनेछ।
यस खेलका लागि प्रशिक्षक एरेनाले प्रारम्भिक रूपमा ४९ खेलाडीलाई टोलीमा समावेश गर्दै प्रशिक्षणका लागि बोलाएका हुन्।
प्रारम्भिक टोलीमा परेका खेलाडीहरूले बन्द प्रशिक्षणमा सहभागी हुनेछन् र त्यसपछि अन्तिम टोली घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०८२, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका हर्शल पाठक नियुक्त