सरकारले प्रदेश प्रमुख मात्रै नियुक्ति गर्छ : वाणिज्यमन्त्री विश्वकर्मा

शनिबार, २२ पुस २०७४, १६ : ४१
सरकारले प्रदेश प्रमुख मात्रै नियुक्ति गर्छ : वाणिज्यमन्त्री विश्वकर्मा

काठमाडौं । वाणिज्यमन्त्री मीन विश्वकर्माले अब बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख नियुक्ती गर्ने बताएका  छन् । तर, प्रदेश राजधानी भने नतोकिने उनको भनाई छ ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले प्रदेश प्रमुख नियुक्तिका लागि सरकार पूर्ण रुपमा जुटिसकेको भएपनि अस्थायी राजधानी तोक्ने बारेमा भने कुनै निर्णय नगरिने बताए ।

प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सर्वदलीय बैठकमा सल्लाह गर्दा अन्य दलहरुले यसमा आफूहरुको चासो नभएको भन्दै उम्किने काम गरेकोले यो सरकारले मात्रै अपजस नलिने उनको भनाई थियो ।

‘सहसचिवको नेतृत्वमा अध्ययन कार्यदल बनेको छ, अस्थायी राजधानी तोक्नेबारे सुचना चुहावट गर्दा देशभरि आन्दोलन चलिरहेको छ, एमाले, माओवादी, फोरम र राजपालाई बोलाएर सर्वदलीय बैठक बस्दा उहाँहरु पन्छिनुभयो’, उनले भने, ‘आन्दोलन भैरहेको बेला, निर्णय गर्न हुँदैन् भन्ने हाम्रो निश्कर्ष छ।’

संविधानका अनुुसार  प्रदेश सभाले नै प्रदेशको राजधानी तोक्ने तोक्ने समेत उनले बताए । उनले फागुन यता नयाँ सरकार गठन नै नहुने जिकिर समेत गरे ।

प्रतिक्रिया दिनुहोस