काठमाडौं । सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता बढाएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सो क्षेत्रमा अमरेशले अग्रता ३२ सय बनाएका हुन्।
शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार सिंहले नौ हजार ३७ मत पाउँदा कांग्रेस सभापति थापाले पाँच हजार ८२८ मत पाएका छन्। उक्त क्षेत्रमा मतगणना जारी छ ।
यसअघि लगातार तीन पटक काठमाडौं–४ बाट विजयी भएका थापा पहिलो पटक तराई झरेर उम्मेदवार बनेका हुन् । अमरेश भने सर्लाहीमा कांग्रेसबाट टिकट नपाउँदा २०७९ मा स्वतन्त्र ढंगले उम्मेदवार बनेरसमेत विजयी भएका नेता हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड