बुटवल । रुपन्देहीको देवदहमा यात्रुवाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह ७ निवासी २८ वर्षीय सुनिल पाण्डे रहेको प्रहरीले जनाएको छ।
बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र ०१९००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ घोडाहा काँटा चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि देवदह–५ कै २८ वर्षीय कृष्ण पाइजा घाइते भएका छन् । बसले स्कुटरलाई ठक्कर दिएको र तत्काल उद्धार गरी पाण्डे र पाइजा दुवै जनालाई अस्पताल पुर्याए पनि उपचारको क्रममा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते पाइजाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु