काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजका विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको बताएका छन् । फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको पर्व भएको बताएका छन् ।
उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल समेत गरेका छन् ।
शुभकामना सन्देशमा उनले फागु पूर्णिमासँगै प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा आएको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
लोकतन्त्र सुदृढीकरण र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नेपालीलाई उनले आह्वान गरेका छन् ।
अन्त्यमा उनले फागु पूर्णिमाले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड