काठमाडौँ । मध्यपूर्वमा विकसित क्षेत्रीय युद्धको तनावबारे नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिन्ता व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार फेसबुकमार्फत चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ । यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु ।’
यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा प्रमुख प्राथमिकता भएको उनले बताएका छन् ।
‘सरकारले आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन् ।
विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव त्यहाँ रहेका नेपालीमा पर्नसक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ फागुन २०८२, १९ : ४०
लेखकबाट थप