प्रगतिशील इन्जिनियर समूहको प्यानल विजयी

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०७५, १८ : २८
प्रगतिशील इन्जिनियर समूहको प्यानल विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको ३२औं कार्यकारिणी समिति निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहको प्यानल विजयी भएको छ । 

शुक्रवार प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि भएको निर्वाचनको मतपरिणाम सोमवार अपराह्न सार्वजनिक भएको छ । मतपरिणाम अनुसार लोकतान्त्रिक समूहका प्रा हिरेन्द्रमान शाक्यलाई ४१३ मत अन्तरले पराजित गर्दै अध्यक्षमा प्राडा त्रिरत्न बज्राचार्य निर्वाचित भएका छन् ।

अन्य सबै पदाधिकारी र बहुमत सदस्यहरुमा पनि प्रगतिशील प्यानल विजयी भएको इन्जिनियर सञ्जिव रोकाहाले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा  आषिश घिमिरे, महासचिवमा छविलाल पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामइकवाल यादव, सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ निर्वाचित भएका छन् । 

निर्वाचनमा लोकतान्त्रिक समूहबाट इञ्जिनियर प्रा शाक्यसहित उपाध्यक्षमा डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्युलाल सिंह, उपमहासचिवमा  अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सह कोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा थिए ।

प्रतिक्रिया दिनुहोस