काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छिमेकीबिचको सन्तुलन मिलाएर जानुपर्ने बताएका छन्। बुटवलमा आयोजित चुनावी सभामा बोल्दै नेपाल भारत र चीनको बीचमा रहेकाले चर्को कुराले मात्रै नहुने बताए।
भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी कांग्रेस मात्रै भएको जिकिर गरे।
उनले भने, ‘कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने कसैले चमत्कार गर्दैन। कसैले चमत्कार गर्न पनि सक्दैन। डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन।’
उनले अबको पाँच वर्ष खेर जान नदिन आफूले टीम नेपालको काम गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ फागुन २०८२, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड