काठमाडौ । नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न सभापति गगन कुमार थापा आज सुर्खेत आउने भएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको घण्टाघर डबलीमा कांग्रेसले आज सभा गर्दैछ।
कांग्रेस निर्वाचन प्रचारप्रसार समिति सुर्खेतका अनुसार बिहीबार दिउँसो १२ बजेबाट सुरु हुने सभालाई पार्टी सभापति थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम छ।
चुनावी सभालाई सफल पार्न १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रका उम्मेदवार तथा जिल्लाका नेता–कार्यकर्ताहरु वीरेन्द्रनगर सुर्खेत पुगिसेकेका निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ फागुन २०८२, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड