‘अन्धविश्वासको भरमा कानून निर्माण गर्दा कुष्ठरोग निवारणमा समस्या’ : कल्याण श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, १३ फागुन २०८२, १३ : १८
‘अन्धविश्वासको भरमा कानून निर्माण गर्दा कुष्ठरोग निवारणमा समस्या’ : कल्याण श्रेष्ठ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको बताएका छन् ।

कुष्ठरोगको क्षेत्रमा गरिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कानून निर्माणमा सम्बन्धित पक्षको सहभागिता नहुँदा त्यो कार्यान्वयनका लागि योग्य हुने अवस्था नरहेको बताए । 

उनले भने, ‘सबै सम्भावनाहरूलाई बन्द गरेर अन्ध विश्वासको भरमा जब हामी कानून निर्माण गर्दछौँ । तब कानून यस्तै हुने गर्दछ । हामीले समाजमा यस्ता समस्याबारे राम्रोसँग संवाद नै गर्न नसकेको, यसका अन्तरंग प्रश्नहरू गर्नै नसकेको र कुष्टरोग प्रभावितहरू पनि उत्तिकै सम्मानित हुन्ने । उनीहरूले पनि उत्तिकै सम्मानका साथ जीवन जिउन सक्दछन् । समाज र राष्ट्रका लागि उनीहरूले योगदान दिन सक्दछन् भन्ने कुरालाई राम्रोसँग मान्यता नदिई कानून निर्माण गरिएको हुनाले यसको कार्यान्वयन नसकेको हो ।’

कानून निर्माणको विषयलाई अडकलको विषय बनाइन नहुने बताए । उनले भने, ‘कुष्ठरोगलाई महारोग भनिन्थ्यो । त्यसलाई छुनै नहुने रोगको रूपमा हेरियो । कुष्ठरोगको विषयमा किञ्चित विचार नै नगरीकन यसका विभिन्न चरणहरू छन् । यो निको हुनसक्छ । यसको इजलाज हुन सक्छ । यसका कार्यक्रमहरू हुन सक्छन् । यसको सामान्यीकरण गर्न सकिन्छ । जीवनमा यसलाई पुनर्वास गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस