चलचित्र ‘कान्छी’ को गीत ‘यो जिउ दाउमा लाउने...’ सार्वजनिक (भिडियोसहित)

शनिबार, २२ पुस २०७४, १४ : ४४

नेपाली कथानक चलचित्र ‘कान्छी’ को नयाँ गीत ‘यो जिउ दाउमा लाउने...’ सार्वजनिक गरिएको छ । फागुन ४ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘कान्छी’ को नयाँ गीत सार्वजनिक गरिएको हो । धर्मेन्द्र सेवानको स्वर रहेको गीतको शब्द दयाराम पाण्डेले लेखेका हुन् । अर्जुन पोखरेलले संगीत भरेका छन् ।

गीतमा दयाहाङ राई, स्वेता खड्का लगायतका कलाकार फिचर भएका छन् ।   अभिनेत्री श्वेता खड्काको निर्माण र अभिनय रहेको चलचित्रलाई आकाश अधिकारीले निदेर्शन गरेका छन् । चलचित्रमा श्वेता र दयाहाङ राई मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस