काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जित्नेभन्दा पनि टिक्ने प्रधानमन्त्रीको पद्धति सोच्ने बेला आएको बताएका छन् ।
धरानको भानु चोकमा बिहीबार आयोजित सुनसरी क्षेत्र नम्बर-१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी (प्रतिबद्धता घोषणा सभा)मा उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
काँग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको उनले बताए । उनले ५ वर्ष स्थिर रहने सरकारका लागि चुनाव अघि नै राष्ट्रिय सहमति गरौँ भन्ने आफ्नो व्यक्तिगत प्रस्ताव र आह्वान रहेको बताए ।
उनले भने, ‘प्रधानमन्त्री ५ वर्ष टिक्न–टिकाउन नयाँ सोच सहितको संवैधानिक प्रावधान राख्न जरुरी छ । यो किन भने बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेनन् ।’
प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै ५ वर्ष शासन गर्ने, बहुमत नपुगेमा (विनर्स टेक अल)को नीति बमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो–तेस्रो लगायतका दल सरकारमा नगएर पूरै ५ वर्ष प्रतिपक्षी कित्तामा बस्ने, यस्तै कुनै अवधारणामा चुनाव पूर्व जरुरी राष्ट्रिय सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।
सभामुख चयनपछि बस्ने संसद्को पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गर्नु पर्ने उनको प्रस्ताव छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ फागुन २०८२, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
गगन थापा प्रधानमन्त्री बन्ने मुभमेन्टले राष्ट्रव्यापी प्रभाव बढाइरहेको छ : विश्वप्रकाश शर्मा