काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट सबैभन्दा ठुलो दलका रूपमा कांग्रेस अगाडि आउँदै गरेको दाबी गरेका छन् ।
पार्टी मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस विशेष महाधिवेशन पछाडि नवीन भएर आएको जिकिर गरे।
उनले भने, ‘कुनै दल नागरिकले नयाँ खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि नयाँ भएर आएको कांग्रेस छ। यदि नागरिक पङ्क्तिले परिवर्तन खोज्नुभएको हो भने जेनजी मुभमेन्ट पछाडि परिवर्तन नै भएर आएको चाहिँ कांग्रेस छ। जो आफूलाई बदल्न सक्छ, त्यसले नै देशलाई बदल्न सक्छ।’
बाहिरको धेरै हल्लाखल्लामा कांग्रेसको विश्वास नगर्ने भन्दै पार्टी सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी रूपमा अघि बढिसकेको बताए।
उनले थपे, ‘अहिले प्रधानमन्त्री पदको लागि कुनै व्यक्तिको व्यक्तित्व, कसको भिजनले, कसको बौद्धिकताले, कसको मुभमेन्टले नेपाली समाजमा सबैभन्दा बढी उद्वेलित गराइरहेको छ, प्रभाव पारिरहेको छ भने कांग्रेसका सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी बढिरहेको अवस्था छ।’
उनले कांग्रेसमा विगतमा पार्टी छाडेर जानेहरू फर्किने क्रम बढिरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ फागुन २०८२, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा