काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने दाबी गरेका छन् । सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले अब दुई पटकभन्दा बढी कसैलाई प्रधानमन्त्री नबनाउने दाबी गरेका हुन् ।
'कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी एक/दुई/तीन/चार को नीति संविधानमा अंकित गर्नेछौँ,’ उपसभापति शर्माले भने, ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’
कांग्रेस बदलिएर आएको कुरा बुझेका मतदाताले फागुन २१ को निर्वाचनमा जित दिलाउने पनि उनले विश्वास व्यक्त गरे । ‘देश जान्दछ, कांग्रेस बदलिएको छ । र, यो पनि देश जान्दछ- जो बदलिनसक्छ उसैले बदल्न सक्छ,’ उपसभापति शर्माले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा