मन्दिरको शिलन्यासमा अध्यक्ष साहलाई १०५ किलो फुलको माला

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०७५, १५ : ३९
मन्दिरको शिलन्यासमा अध्यक्ष साहलाई १०५ किलो फुलको माला

- संजय सहनी
रौतहट । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश २ अध्यक्ष, पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलले स्वागत गरिएको छ ।

शनिवार गृहजिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित बिष्णु मन्दिरको शिलन्यास कार्यक्रममा साहलाई उक्त मालाले स्वागत गरेका हुन् ।

स्थानीय पत्रकार संजय सहनीको अगुवाईमा टिकुलियाबासीद्धारा आयोजित मन्दिर शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले नेकपाको सरकार धार्मिक, संस्कृतिक, सामाजिक, आर्थिक सबै विकासको लागि अगाडी बढिरहेको बताए ।

निर्वाचनताका पार्टीको राजनीति स्वभाविक प्रक्रिया भएपनि विकासको सवालमा सबै दल एकहुनु पर्ने विचार राख्दै अध्यक्ष साहले पूर्वमा बागमती र पश्चिम लालबकैयाको मजबुत बाँध बनाएर दुवै नदीको पानीलाई सिंचाईको लागि प्रयोगमा नल्याएसम्म जिल्लाको विकास असम्भव रहेको जिकिर गरे ।

हरेक व्यक्तिको इच्छा जागृत हुनु पर्ने जोड़ दिए सड़क विस्तार, औधोगिक क्षेत्र, पर्यटकीय क्षेत्रको निर्माण र सिचाईको सुविधा भएमा रौतहटको पूर्ण विकास हुन सकने धरणा राख्दै पूर्व मन्त्री साहले विष्णु भगवानको मन्दिर निर्माणमा भए सम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सांसद साहले जिल्ला अस्पताल गौर प्रति सवै राजनितिक दल, स्थानीयबासी, नागरिक समाजका अगुवा, वुद्धिजीवी, शिक्षक, पेशाकर्मी, पत्रकार अग्रसर हुनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपाका प्रदेश कमिटि सदस्य शम्भु साह, अमर साह, उपेन्द्र साह, गौर नगरपालिकाका मेयर अजय गुप्ता, उपमेयर किरण ठाकुर, उवा संघका अध्यक्ष पण्डित जयसवाल, देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेललगायतले जिल्लाको समग्र विकास, ‘समृद्ध नेपाल र सुखी नेपाली’ को परिकल्पना साकार गर्न सरकारले बिषेश कार्यक्रम ल्याउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस