काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिईन् ।
पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको उनले बताईन् । उनले पाँच वर्षमा महत्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरी घोषणापत्र जारी हुने उल्लेख गरिन्। जसमा जेन जेडका एजेण्डालाई समेट्ने र सुशासनको विषय मुख्य मुद्दा हुने उनको भनाइ छ।
अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरू गर्ने र त्यसका लागि नीतिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखिन्। त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताईन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०८२, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
सार्वजनिक यातायातको अवस्था सुधार गर्न रास्वपा सांसद गजुरेलको माग
रास्वपाले आज देशैभर वडा भेला गर्दै
बोली र व्यवहारको पजनी : दल बदलिएका हुन् कि सत्ताको केवल कुर्सी ?
रास्वपाभित्र महाधिवेशनसम्म ‘मै चुप, तैं चुप’ !