चुनावको मुखैमा अदालतमाथी कांग्रेसको दवाव अभियान

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०८२, १९ : ५२
चुनावको मुखैमा अदालतमाथी कांग्रेसको दवाव अभियान

काठमाडौं । मुलुक चुनावको संघारमा छ । दलहरुले प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारी समेत दर्ता गरिसकेका छन् । अब घरदैलो अयिभान चलाउने उम्मेदवारहरुले तयारी गरिरहेका बेला विघिटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरु भने संसद पूर्नस्थापनाको मुद्दामा तत्काल सुनुवाई माग गदै सर्वाेच्च अदालतमा डेलिगेशन जान लागेका छन् ।

 

विघिटित प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट प्रमुख सचेतक रहेका श्याम घिमिरेको नेतृत्वमा बिहिबार बिहान उनीहरु सर्वाेच्च अदालत जान लागेका हुन् । घिमिरे यो पटक कांग्रेसबाट उम्मेदवार छैनन । उनले जितेको सिन्धुली १ मा कांग्रेसले यसपटक उनलाई टिकट दिएको छैन । 

 

उनी भने बिहिबार बिहान ११ बजे प्रधानन्यायधीसलाई ध्यानाकषर्ण गराउने भन्दै सर्वाेच्च जाने तयारीमा छन् । त्यसका लागि प्रधानन्यायाधीसको समय समेत लिईसकेका छन् । कांग्रेसका ६५ सांसद सहित संसद पूर्नस्थापनाको मुद्दामा १७ रिट सर्वाेच्च अदालतमा परेको थियो । ती रिटहरुको सुनुवाई, कारण, लिखित जवाफ सबै अदालतमा अँईसकेको र अब यसलाई नियमित सुनुवाई गरेर चुनाव अगाडी नै फैसल्ला दिनुपर्ने अडानमा घिमिरे लगायतका केही कांग्रेसका विघिटित संसदमा सांसदहरु छन् । 

 

यो रिटमा आगामी माघ २० गते साधारण तारेख राखिएको छ । कांग्रेस नेता घिमिरेले यस मुद्दामा एमालेका सांसदहरुलाई पनि साथै लिएर प्रधानन्यायाधीससमक्ष डेलिगेशन जान खोजेका थिए । त्यसका लागि उनले एमाले नेता महेश बतौलालाई पनि टेलिफोन गरेका थिए । तर बर्ताेलाले आफु मकवानपुर क्षेत्र नम्बर २ को चुनावी तयारीका लागि गृहजिल्लामा रहेको भन्दै प्रष्ट जवाफ दिएनन् । 

त्यसपछि उनले कांग्रेसबाट हस्ताक्षर गरेका ६५ जना सांसदलाई नै एसएमएसमार्फत बिहिबार विहान साढे १० बजे सर्वाेच्च अदालत पुग्न सूचना जारी गरेका छन् । 

 

 

 

कांग्रेस सहितका १७ रिटमा सुनुवाई 

 

 

 

‘संसद पूर्नस्थापनाको माग गरेर १७ बढी रिट छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन‚’ घिमिरेले भने‚ ‘रिट परेपछि त्यसलाई टुंग्याउनुपर्छ । पेसी तोकिदिन र नियमित सुनुवाइ गरिदिन अनुरोध गर्न बिहिबार बिहान सर्वाेच्च अदालत जान लागेका हौ । प्रधानन्यायाधीसलाई भेट्छौं, त्यसका लागि समय पनि लिईसकेका छौं ।’

कांग्रेसमा विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको र निर्वाचन आयोगले समेत थापालाई नै आधिकारिक मानिदिएपछि देउवा पक्ष (पूर्णबहादुर खड्कासहित) नेताहरु असन्तुष्ट छन् । देउवा, खड्का लगायत नेताहरु यसपटक फागुन २१ मा हुन लागेको चुनावमा उम्मेदवार पनि छैनन । 

 

यस हिसावले चुनाव अगाडी पूर्नस्थापनाको विषयमा फैसल्लाम ाग गरेर अदालतमाथी दवाव बढाउन कांग्रेस नेता घिमिरेको नेतृत्वमा डेलिगेशन जान लागेको विषयमा कतै देउवा या पूर्णबहादुरको योजनामा त होइन ? प्रश्न उठेको छ । 

तर घिमिरेले यो नेताहरुको आग्रह निर्देशन भन्दा पनि आफुहरुले मुद्दा दर्ता गरेको र त्यसको फैसल्ला चुनाव अगाडी हुनुपर्ने भन्ने विषयमा ध्यानाकषर्ण गराउन जान लागिएको बताएका छन् । 

‘यो कुनै नेता विशेषको निर्देशन वा आग्रहमा जान खोजिएको होइन, हामीले दर्ता गरेको मुद्दाको फैसल्ला चुनाव अगाडी नै गराउनुपर्छ । एउटा मात्र रिट होइन, १७ ओटा रिट छ । त्यसको नियमित सुनुवाई गरेर फैसल्ला दिन ध्यानाकषर्ण गराउन खोजेका हौं, घिमिरेले भने । 

 

 

कतिपयले भने चुनावको मुखमा कांग्रेसले अदालतमाथी दवाव बढाउन खोजेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस