काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ।
प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रुपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ।आचारसंहिता, यही माघ ४ गतेदेखि लागू भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ माघ २०८२, ०६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश
निर्वाचनमा बालअधिकार उल्लंघन : अध्ययनले देखायो ३५० घटना
प्रत्यक्षतर्फ चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी, कहाँ को अगाडि ?
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्न आयोगको पत्र
७० स्थानमा रास्वपा अगाडि
जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज