भरुवा बन्दुकसहित तीन जना पक्राउ

शुक्रबार, २८ मंसिर २०७५, २० : ३६
भरुवा बन्दुकसहित तीन जना पक्राउ

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश नं ३ प्रहरीको संयुक्त प्रहरी टोलीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ओवाङबाट भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको छ । 

प्रहरी निरीक्षक नवराज ढुङ्गेल नेतृत्वको टोलीले चार नाल भरुवा बन्दुक, एक नाल बारबोरको बन्दुक र २२ बोरामा झण्डै ५०० किलो गाँजासहित स्थानीयवासी ४० वर्षीय ठूलोकान्छा तामाङ, ३० वर्षीय सानोकान्छा तामाङ र चितवन इच्छाकामना गाउँपालिकाका–७ का ४० वर्षीय गुञ्जबहादुर घलानलाई पक्राउ गरेको हो । 

ठूलोकान्छाको घरबाट दुई नाल भरुवा बन्दुक र एक नाल बारबोरको बन्दुक तथा सानोकान्छाको घरबाट एक नाल भरुवा बन्दुक र १० बोरा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । प्रहरीले ओवाङका दिलबहादुर घलानको घरबाट एक नाल भरुवा बन्दुक र १२ बोरा गाँजा बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई हतियारसहित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ - रासस 

प्रतिक्रिया दिनुहोस