बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

शुक्रबार, २८ मंसिर २०७५, १९ : ५२
बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

सप्तरी । बाह् वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ । 

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलाशले सो फैसला गरेको हो । विसं २०७४ साउन ७ गते सुरुगा नगरपालिका–४ स्थित हरिनारायण चौधरीको फुलबारीमा बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई विसं २०७४ साउन १२ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस