काठमाडौँ । मोडल तथा अभिनेत्री गरिमा शर्माले प्रेमी सार्वजनिक गरेकी छन् ।
गत साता ‘प्रमिस रिङ’ लगाएको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको जानकारी दिएकी उनले अहिले सामाजिक सञ्जालमार्फत प्रेमी चिनाएकी हुन् ।
उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन फोटो पोस्ट गर्दै लेखेकी छन्, ‘हामी त्यतिबेला भर्खरैका केटाकेटी थियौँ । अब भने हामी केही वास्तविक बनाउँदैछौँ । विद्यालयदेखिको प्रेम ।’ उनले प्रेमीको नाम भने उल्लेख गरेकी छैनन् ।
उनले प्रेमीको नाम नलिए पनि ती युवकको नाम अञ्जन पौडेल भएको उनलाई प्राप्त कमेन्टबाट थाहा पाउन सकिन्छ । धेरैले दुवैलाई बधाई दिइरहेका छन् । चितवन स्थायी घर भएका उनीहरू दुवैले रत्ननगरस्थित स्काईराइडर कलेजमा सँगै अध्ययन गरेका थिए । अञ्जन टाँडी निवासी हुन् भने गरिमा भरतपुरकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, १९ : ४९
लेखकबाट थप