काठमाडौँ । काँग्रेस विशेष अधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गगन थापाले ‘जेन जेड आन्दोलनपछि के बदलियो ?’ भन्दै प्रश्न गरेका छन् । उनले भने, के देशले शेरबहादुर देउवा नै चाहियो भनेर मागेको हो ?’
नेता थापाले आफूहरूले कुनै व्यक्तिगत पद वा लाभ नचाहेको स्पष्ट पार्दै भने, ‘पटक-पटक भनेका छौँ, आज बिहान पनि भनेँ-हामीलाई केही चाहिएको छैन । विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम नेतृत्व बनाऔँ । कसलाई बनाउने, तपाईँहरू बनाउनुहोस् । हामीलाई टेक्ने एउटा ठाउँ दिनुहोस् । २१ फागुनको निर्वाचनमा जाँदा केही त नयाँ लिएर जाऔँ । यो म सभापति हुने कुरासँग जोडिएको विषय होइन । हामी जोखिम उठाउन तयार छौँउनले अगाडि भने, ‘हाम्रो प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर त जाऔँ । उहाँलाई अपमान गर्न खोजिएको होइन, उहाँ हाम्रो नेता हो । तर विशेष महाधिवेशनपछि ‘काँग्रेस बदलिएर आयो’ भन्न सक्ने कि नसक्ने ? प्रश्न यही हो ।’
थापाले कसलाई सभापति बनाउने वा सामूहिक नेतृत्व छानेर निर्वाचनमा जानेसम्मको प्रस्ताव आफूहरूले राखेको स्पष्ट पारे ।
थापाले आफूलाई केही नचाहिएको र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केही नयाँ कुरा लिएर जान जोखिम मोलेको बताएका छन् ।।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० पुस २०८२, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'लोकतन्त्रको विकल्प, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो' : गगन थापा
सहमतिमा महाधिवेशनमा जानेगरी संवाद गरिरहेको छुः गगन थापा
‘प्रचण्ड’-गगन थापाबीच भेटवार्ता
‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा
पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो : गगन थापा
गगन थापाले भने– सबैलाई मिलाएर लैजान्छु