काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने भएको छ। आज आयोगमा नाम सच्याउनको जान लागेको नेता गणेश पराजुलीले बताए।
रास्वपाले समानुपातिक तर्फको नाम निर्वाचन आयोगमा बुझाएपछि चर्को आलोचना भएको थियो। रास्वपाको बन्द सूचीमा परेका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारीलगायतले नाम फिर्ता लिएको घोषणा गरेका थिए।
रास्वपाले कुलनमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट परेको नाम पनि अद्यावधिक गराउने तयारी गरेको छ। हिजो उज्यालो नेपालले रास्वपाको सहमति भंग गरेको निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
‘पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको हो’: रास्वपा
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने
साइबर सेना भर्ती गरेर चुनाव प्रभावित गर्ने रास्वपाको दाउ
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी
रास्वपाको राजनीतिक समायोजन घोषणा सभा जारी