पत्रकार पन्त गोरखाबाट उम्मेदवार सिफारिस

सफल खबर संवाददाता

शनिबार, २६ पुस २०८२, १९ : २४
पत्रकार पन्त गोरखाबाट उम्मेदवार सिफारिस

पोखरा । पत्रकार अर्जुन पन्त गोरखाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनको नाम सिफारिस भएको हो । 

शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले पन्तलाई गोरखा १ बाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ । गोरखा फुजेलका उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत हुन् । उनीसहित गोरखा १ बाट ५ जनाको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस