काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।
एमालेले नेतृ रामकुमार झाँक्रीसहितको नाम टुंगो लगाएको छ । झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन् ।
यस्तै, कोशीमा रोशनी मेचे, बागमतीमा डा.प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय सभामा काँग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने छलफल भएको थियो । तर, अन्तिममा कुरा मिल्न सकेको छैन ।
जसअनुसार एमाले-कांग्रेसलाई ७/७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ । यसै अनुसार एमालेले उम्मेदवार छनोट गरेको हो । मधेशमा भने एमालेले नाम टुंगो लगाएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केपी ओली र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
बादल संयोजकत्वमा एमालेले बनायो चुनाव परिचालन समिति
एमालेमा जिम्मेवारी बाँडफाँट, तोकियो प्रदेश संयोजक
एमाले सचिवालय बैठक सुरु
कांग्रेस, एमाले र नेकपा बीच 'त्रिपक्षीय' तालमेलको तयारी, आज निर्णायक छलफल
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा