काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिप्रति भएको व्यवहार गलत भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले फरक मत राखेकै कारण नेता निधिमाथि दुव्र्यवहार हुन निन्दनीय भएको बताए।
उनले भने, ‘आज पार्टी कार्यालय बाहिर आदरणीय नेता विमलेन्द्र निधिप्रति भएको व्यवहार गलत छ। यो विषयमा मेरो धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणासँग समान छ। असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।’
महामन्त्री थापाले आफूहरुले विधि, विधान र प्रक्रिया परिवर्तन चाहेको समग्र नेपाली कांग्रेसका शुभेच्छुकलाई आग्रह गरे। ‘हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ,’ उनले भने।
महामन्त्री शर्माले पनि निधि कार्यालय पुग्दै गर्दा भएको व्यवहार विल्कुलै गलत भन्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०८२, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा